नेपाल र चीनबीच १३ बुँदे सम्झौता
बेइजिङ। नेपाल र मित्र राष्ट्र चीनबीच १३ बुँदे सम्झौता भएको छ।
सोमबार बिहान बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ समकक्षी प्रधानमन्त्री लि छ्याङको उपस्थितिमा १३ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो।
विद्युत्, सडक पूर्वाधार, कृषि लगायतका १३ वटा विषयमा नेपाल र चीनबीच सम्झौता भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।





