नेपालले भन्यो– ‘ताइवान स्वतन्त्रता’ को विरुद्धमा छौं

नमुनापत्र संवाददाता
९ आश्विन २०८०, मंगलवार १६:०६

काठमाडौं । नेपालले ‘ताइवानको स्वतन्त्रता’ को समर्थन नगर्ने बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको बेला मंगलबार नेपाल र चीनले जारी गरेको संयुक्त विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ ।

“चीनको सरकार सिंगो चीनको प्रतिनिधित्व गर्ने एकमात्र कानुनी सरकार हो र ताइवान चीनको भूभागको अविभाज्य भाग हो भनी स्वीकार गर्दै नेपाली पक्ष ‘ताइवानको स्वतन्त्रता’ को विरुद्धमा छ,” संयुक्त विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा नेपाली पक्षले एक चीन नीतिप्रति आफ्नो दृढ प्रतिवद्धता दोहोर्‍याएको समेत उल्लेख छ । नेपालले तिब्बत मामिला चीनको आन्तरिक मामिला भएको भन्दै नेपालको भूमिमा चीनविरुद्ध कुनै पनि पृथकतावादी गतिविधि हुन नदिने प्रतिवद्धता दोहोर्‍याएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*