रोल्पाका लागि छुटेको बस दुर्घटना
दाङ । काठ्माण्डौबाट रोल्पाका लागि छुटेको बस दुर्घटनामा परेको छ । नमस्ते आशिर्बाद यातायात सेवा प्रालिको ना ५ ख ६१२५ नम्बरको बस बुधबार बिहान साढे पाँच बजेतिर कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १ मा दुर्घटनामा परेको हो ।
बस सडकभन्दा छेउमा पुगेको छ ।
तर बसमा चालक र यात्रु सबै सकुशल रहेका छन् । चालक निदाएर दुर्घटना भएको हुन सक्ने कपिलवस्तु प्रहरीले जनाएको छ । पछिल्लो समय दैनिक जसो सवारी दुर्घटना हुन थालेका छन् ।





