राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ ग्रहण

नमुनापत्र संवाददाता
१० आश्विन २०८०, बुधबार २२:१७

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
नवनियुक्त राजदूतहरुले बुधबार राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुृन् ।

राष्ट्रपति भवनका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार शपथ ग्रहण गर्नुहुनेमा फ्रान्सका लागि सुधीर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदी रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*