गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार

नमुनापत्र संवाददाता
४ कार्तिक २०८०, शनिबार ०९:३७

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

चीन भ्रमणको क्रममा हृदयाघात भएका श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि अहिले आईसीयूबाट जनरल वार्डमा सारिएको चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

कहिलेसम्म अस्पताल बस्नुपर्छ भन्ने बारेमा उपचारमा संलग्न डाक्टरहरूले केही बताएका छैनन् ।

चीनको बेइजिङमा भएको तेस्रो बेल्ट एण्ड रोड इनिसियटिभको सम्मेलनमा सहभागी हुन पुगेका श्रेष्ठलाई हृदयघात भएपछि गत बुधबार इन्टरनेशल मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएको थियो ।

नियमित कार्यक्रम अनुसार मन्त्री श्रेष्ठको शुक्रबार नेपाल फर्कने तालिका थियो । जसमा उनीसँगै गएका टोलीका अन्य सदस्य भने फर्किसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*