नेपाली युवक विवेक खत्री युक्रेनी सेनाले नियन्त्रणमा

नमुनापत्र संवाददाता
४ कार्तिक २०८०, शनिबार १२:५९

काठमाडौं । रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको छ । बर्दियाका खत्रीलाई युक्रेनको अभ्दिभ्का सहरबाट युक्रेनी सेनाले समातेको हो । युक्रेनका पूर्वआन्तरिक मामिला उपमन्त्री एन्टोन हेरासचेन्कोले खत्रीलाई युक्रेनी सेनाले नियन्त्रण राखेको पुष्टि गरेका छन ।

हेरासचेन्कोले ट्विटरमा खत्री बोलेको भिडिओ पनि सार्वजनिक गरेका छन् । जसमा खत्रीले आर्थिक अवस्था सुदृढ गर्न रुसी सेनामा भर्ती भएको बताएका छन । रुसले सन् २०२२ फेब्रुअरीदेखि युक्रेनमा आक्रमण गरिरहेको छ । यस क्रममा रुस र युक्रेन दुवै देशले विदेशी मूलका मानिसलाई पनि सेनामा भर्ती गरिरहेका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*