प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोटमा

नमुनापत्र संवाददाता
१८ कार्तिक २०८०, शनिबार १०:३४

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितहरुको अवस्था बुझ्न जाजरकोट पुगेका छन् । उनी आज बिहान नेपाली सेनाको मेडिकल टिमसहित हेलिकोप्टरबाट जाजरकोट पुगेका हुन् ।

उनलाई प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जिल्लाको अवस्थाबारे वि्रफिङ गरेका छन् । त्यसपछि प्रधानमन्त्री प्रचण्ड स्थलगत अनुगमनमा निस्किएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज राति ११ बजेर ४७ मिनेट जाादा जाजरकोट केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु भएको छ । यसैगरी रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*