सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड रुपैयाँ निकासा गर्ने

नमुनापत्र संवाददाता
१८ कार्तिक २०८०, शनिबार १३:४८

काठमाडौँ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा तत्काल १० करोड रुपैयाँ निकासा गरेको छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको सरोकारवालाहरूको आकस्मिक बैठकले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लामा जनही ५–५ करोड रुपैयाँ पठाउने निर्णय गरेको हो ।

सरकारले जाजरकोट र पश्चिम रुकुममा गएराती गएको भुकम्प पछि भूकम्प प्रभावितको खोज र उद्धार र राहत व्यवस्थापनका लागि तत्काल १० करोड रुपैयाँ निकास गराउने निर्णय गरेको हो ।

सो रकम विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत हाललाई उक्त रकम पठाउने निर्णय गरेको र उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत खर्च गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*