उपचारका लागि नेपालगन्ज ल्याइएका भूकम्पका एक घाइतेको मृत्यु

नमुनापत्र संवाददाता
१८ कार्तिक २०८०, शनिबार १५:०१

नेपालगन्ज । नेपालगन्जमा उपचारका लागि ल्याइएका एक जना भूकम्पबाट घाइते भएकाको मृत्यु भएको छ ।

नलगाड-१ पाली जाजरकोटका ३३ वर्षीय टेकबहादुर पुनको हेलिकप्टरबाट ल्याउँदा ल्याउँदै बाटोमै मृत्यु भएको भेरी अस्पतालका लागि विपत् फोकल पर्सन तोकिएका नरेश श्रेष्ठले बताए ।।

भेरी अस्पताल पुर्‍याइएका पुनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । अहिले भेरी अस्पतालमा २६ जनाको उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*