सामान्यतया मौसम सफा रहने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नमुनापत्र संवाददाता
१९ कार्तिक २०८०, आईतवार ०६:२०

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले मुलुकका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

मुलुकका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहने विभागले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*