उपप्रधानमन्त्री, मन्त्री र सांसदसहितको टोली भूकम्प प्रभावित क्षेत्रमा

नमुनापत्र संवाददाता
१९ कार्तिक २०८०, आईतवार १८:५८

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भुकम्पपीडितको उद्दार, राहत र उपचार अवस्था बुझ्न केहीबेरमै प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम पुग्दैछ।

नेपाली सेनाको जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एकहजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एकसय ब्ल्याङ्केट समेत वितरण गर्ने बताइएको छ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, उर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*