जाजरकोटमा ५.८ रेक्टरको पराकम्प
काठमाडौं । जाजरकोटमा फेरि ५.८ रेक्टरको परकम्प गएको छ।सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ५.८ म्याग्नेच्युटको परकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
यसअघि शुक्रबार राति रामिडाँडामै केन्द्रविन्दै बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । सो भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिमका १५३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।





