भाइटीकाको उत्तम साइत १० बजेर ५१ मिनेटमा

नमुनापत्र संवाददाता
२० कार्तिक २०८०, सोमबार २३:४९

काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १० बजेर ५१ मिनेटमा परेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ । टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*