कोसी प्रदेशमा वर्षा, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

नमुनापत्र संवाददाता
२६ कार्तिक २०८०, आईतवार ०७:१३

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । वायुको प्रभावका कारण हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

विभागका अनुसार आज दिउँसो कोसी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको र बाँकी भागको मौसम सफा रहने विभागले जनाएको छ ।

आज राति देशको पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*