श्री गणेश सामुदायिक वनको अध्यक्षमा भण्डारी विजयी
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित श्री गणेश सामुदायिक वन उपभोक्ता समुहको ननिर्वाचनमा शनिवार राती सम्पन्न मतगणनावाट अध्यक्षमा बामदेव भण्डारी विजयी भएका छन ।
भण्डारीले १ सय ९५ मत ल्याएर विजयी हुनुभएको हो । उनलाई नेकपा माओवादी, नेपाल समाजवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी पाटीको समर्थन रहेको थियो । विजयी भण्डारीका निकटतम प्रतिद्वन्दी यमलाल पराजुलीले १ सय ९४ मत प्राप्त गरेका थिए । मतमन्तर १ रहेको छ । पराजुलीलाई नेपाली काङग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पाटीका् समर्थन रहेको थियो ।
यस्तै उपाध्यक्षमा पनि नेकपा माओवादी, नेपाल समाजवादी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीबाट समर्थनमा रहेका उम्मेद्वारा विजय सुवेदी १ सय ८७ मत ल्याएर विजयी भएका छन । विजयी सुवेदीका निकटतम प्रतिद्वन्दी कुल प्रसाद कालाथोकीले १ सय ८३ मत प्राप्त गरेका थिए । मतान्तर ४ रहेको छ । कालाथोकीलाई नेपाली काङग्रेस,नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पाटीका् समर्थन रहेको थियो ।





