धादिङ केन्द्रविन्दू भएर भूकम्पको धक्का

नमुनापत्र संवाददाता
२६ कार्तिक २०८०, आईतवार ०९:०९

धादिङ । धादिङ केन्द्रविन्दू भएर भूकम्प गएको छ।

गएराति ११ः२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका ५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

हल्का धक्का भएकाले भूकम्पबाट क्षति भएको सूचना नआएको ज्वालामुखी ५ का वडाध्यक्ष टंकप्रसाद काप्रीले जानकारी दिए।

धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो। त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*