जहाजको शौचालयमा नवजात शिशु फेला

नमुनापत्र संवाददाता
४ पुष २०८०, बुधबार १९:२७

काठमाण्डौ । एअर अरेबियाको जहाजको शौचालयमा नवजात शिशु फेला परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार यूएईबाट काठमाण्डौ आएको एअर अरेबियाको जहाजको शौचालयमा शिशु फेला परेको हो ।

यो जहाज यूएईको शारजाह विमानस्थलबाट आज बुधवार बिहान ९ बजेर १० मिनेटमा काठमाण्डौ विमानस्थलमा अवतरण गरेको थियो ।

‘जहाजको शौचालयमा शिशु भेटिएको थियो, वैदेशिक रोजगारीबाट फर्किएकी एक महिलाको शिशु भएको आशङ्कामा ती महिला र शिशुलाई प्रहरीले अस्पताल लगेको छ’, प्रवक्ता झाले भन्नुभयो । उज्यालो अनलाइनमा समाचार छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*