५६ ठाउँमा जिपिएस प्वाइन्ट राखेर दंगीशरणमा जग्गा नाप नक्साको काम तीब्र

नमुनापत्र संवाददाता
४ पुष २०८०, बुधबार १८:३०

दाङ । दाङको दंगीशरण गाउँपालिकाले जग्गाको नाप नक्सा गर्ने कार्य तिब्र पारेको छ । पालिकाले वडा नंम्बर ४ मा नाप नक्साको काम तिब्रताकासाथ अगाडि बढाएको हो ।

आज भुमि सम्बन्धि कामको पछिल्लो अवस्थावारे जानकारी दिदै दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले कामलाइ जतीसक्दो छिटो सम्पन्न गर्नतर्फ लाग्न अमिन सर्भेक्षकहरुलाइ निर्देशन दिनुभयो ।

सो अवसरमा अध्यक्ष गिरीले गाउँपालिकाका ७ वटै वडामा गरी ५६ वटा ठाउँमा जिपिएस प्वाइन्ट राखिएको बताउनुभयो । जग्गा नाप नक्सा गर्न टोटल स्टेसन खरीदगरी कामलाइ तिब्रताका साथ अगाडी बढाएको जानाकरी गराउनुभयो ।

छलफल अवसरमै गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले जग्गा नाप नक्सा कार्य पछि वर्षौ देखिको जग्गा सम्बन्धी समस्या समाधान हुने बताउनुभयो । निर्वाचनको समयमा समेत आफूले भूमि समस्याको समाधान गर्ने प्रतिबद्धता गरेको कुरा स्मरण गर्दै अध्यक्ष गिरीले जग्गा नाप नक्सा गरि तत्काल लालपुर्जा वितरणका लागि पहल गर्ने समेत बताउनुभयो ।

त्यस्तै पालिकाकी उपाध्यक्ष पिमा वलि खड्काले नाप नक्सा गर्ने कार्यमा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले सबैको साथ र सहयोग भए मात्रै समयमै नाप नक्सा गर्ने कार्य सम्पन्न हुने बताउदै सानातिना विवाद भए वडामा गठित विवाद समाधान समिति मार्फत विवाद सुल्झाउन समेत सुझाव दिनुभयो ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत डिलाराम पाण्डेले पालिकाको ७ वटै वडामा जग्गाको निस्सा वितरण कार्य भइ सकेको बताउदै निवेदन छुट भएका व्यक्तिहरुका लागि राष्ट्रिय भूमि आयोग दाङ सँग समन्वय गरेर अन्तिम पटक पुनः निवेदन संकलन गर्नका लागि सूचना प्रकाशन गर्ने तयारीमा गाउँपालिका रहेको बताउनुभयो ।

हाल पालिकाको वडा नम्बर ४ मा जग्गाको नाप नक्सा गर्ने काम भईरहेको छ वडा न ४ पस्चात वडा नं.३ र ५ मा काम सुरुवात गरीने भु सेवा केन्द्र दंगीशरणका फोकल पर्सन बिनोद अधिकरीले जानकारी दिनुभयो ।

गाउँपालिका भरि ३ हजार ८ सय १० जना भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु रहेका छन् । जसमध्ये ३ हजार ४ सय ५१ अब्यबस्थित बसोबासी,१ सय ९६ जना भूमिहिन सुकुमबासी, १ सय ६३ जना भूमिहिन दलितको आवेदन सन्कलन भएको लगत प्रविस्टकर्ता जुगमनि चौधरीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*