तुलसीपुरमा शनिबार यी क्षेत्रमा लाइन नआउने

नमुनापत्र संवाददाता
६ पुष २०८०, शुक्रबार २१:४१

दाङ । तुलसीपुरमा शनिवार भाेली विद्युत सेवा बन्द हुने भएकाे छ ।

तुलसीपुर वितरण केन्द्र अन्तरगत तुलसिपुर-७ रानिघाट क्षेत्रकाे मानपुर-बिजाैरी फिडरमा विद्युतको पाेल मर्मत गर्नुपर्ने भएकाले विद्युत सेवा बन्द गरीने वितरण केन्द्र प्रमुख शिवनारायण गाेशलीले जानकारी दिनुभयाे।

शनिवार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म लाईन बन्द रहनेछ ।मानपुर- बिजाैरी फिडर अन्तर्गत मानपुर, बिजाैरी, कुटिचाैर, हेमन्तपुर,खाद्रे लगाएतका क्षेत्रहरुमा विद्युत अबराेध हुने कार्यालयले जनाएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*