भालुवाङ बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १२ पुग्याे(घाइतेहरूकाे नामावली सहित)

नमुनापत्र संवाददाता
२८ पुष २०८०, शनिबार ०७:११

दाङ । दाङमा गएराती बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत भालुबाङको राप्ती गाउँपालिका-१ मा नदी पुलबाट यात्रुबाहक बस नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो ।

शुक्रबार राति साढे ११ बजेसम्ममा १२ जनाको मृत्यु र २३ जना घाइते भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रमुख उज्वल सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ९ जनाको घटनास्थलमै र ३ जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको र अन्य विवरण संकलन भइरहेको छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति राप्ती गाउँपालिका-१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले बताउनुभयो ।

भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमै बस पुलको दाँयातर्फबाट पुलको रेलिंग भत्काएर नदीमा खसेको थियो । दुर्घटनाको कारण थाहा हुन नसकेको उहाँले बताउनुभयो ।

घाइतेहरुको नामावली

१.काठमाडौं बस्ने बर्ष ११ को अब्या पाण्डे , बाँया हातमा चोट
२.काठमाडौं कालीमाटी बस्ने मन्जु शर्मा, बर्ष ३८, आँखामा चोट, मध्यम
३.बाँके, निरञ्जन कोरी, बर्ष २०, बाँयाँ हात र ओठमा सामान्य चोट
४. बाँकेको नेपालगञ्ज बस्ने बर्ष २४ को आशतोष गौतम बाँया हातमा चोट, हाम फालेर बाँच्न सफल
५.रौतहट बस्ने २६ बर्षीय संजय कार्की, निधारमा र आँखामा चोट
६.बाँकेको कोहलपुर बस्ने बर्ष २१ को धनबहादुर पुन मगर, खुट्टा, हात र कम्मरमा चोट
७.भारत बस्ने २० बर्षीय छोटी सिलौटा, सिरियस
८.बर्दियाका २२ बर्षीय राजीव थारु, आन्तरिक रक्त अल्पता, बाँया हातमा चोट
९.जुम्लाका १९ बर्षीय विशाल बोहरा, मुखमा चोट
१०. बाँकेका १८ बर्षीय दशरथ विक, हात,खुट्टा र निधारमा चोट
११.बाँकेका १९ बर्षीय नफिज खान, ढाड र कोखामा चोट
१२.डोल्पाका ३५ बर्षीया धनकली बुढा, मुखमा चोट
१३.बाँके राप्ती सोनारी गापा २ का ३१ बर्षीय कुलबहादुर गोसाई, सहचालक, ढाडमा चोट, गम्भीर
१४. समिर नेपाली, चालक
१५. काठमाडौं चखेवा बस्ने ४५ बर्षीय सुवास कार्की, ढाडमा चोट
१६.बाँकेको नेपालगञ्ज बस्ने ३५ बर्षीया लिला वली, खुट्टामा चोट
१७.बाँकेको नेपालगञ्ज बस्ने ६० बर्षीया कुसुम बस्नेत, ढाडमा चोक, मध्यम
१८. बाँके बैजापुर बस्ने २१ बर्षीय शंकर थारु, खलासी, दाहिने हातमा चोट
१९. भारत बस्ने बर्ष २३ का राहुल कुमार अहीर, दाहिने हात भाच्चिएको

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*