दाङमा दुई मोटरसाइकल ठाेक्कीदा तिन जना घाईते

नमुनापत्र संवाददाता
१ माघ २०८०, सोमबार १९:२०

दाङ । दाङमा दुई मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाईते भएका छन् ।

घोराही उपमहानगरपालिका वडा नम्बर १३ भाईरल रोडमा सोमबार बेलुका पाँच बजेतिर रा ४ प १०८४ नम्बरको बुलेट बाइक र बा ८८ प ५५६५ नम्बरको पल्सर एनएस बाइक एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

दुर्घटनामा परी पल्सर एनएसका चालक तुलसीपुर-८ का १९ वर्षका विप्लप अधिकारी र सोहि मोटरसाइकलमा सवार तुलसीपुर-८ का १७ वर्षिया शुसीला थापा गम्भिर घाईते भएको प्रवक्ता मल्लले बताउनुभयाे ।

यस्तै दुर्घटनामा परी बुलेट बाईक चालक घोराह-१५ का ३० वर्षिय सुमन चौधरी पनि गम्भिर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते अधिकारी र थापालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि जिल्ला बाहिर रिफर गरिएको छ भने चौधरीको प्रतिष्ठानमै उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*