तुलसीपुरकाे चप्पल गोदाममा लागेकाे आगाे नियन्त्रणमा

नमुनापत्र संवाददाता
१ माघ २०८०, सोमबार २२:२३

तुलसीपुर । दाङ तुलसीपुरको ५ नम्बर वडा कार्यालय नजिक प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा आग‍‍ो लागेको र लागेको आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रहरी, नेपाली सेना,सशस्त्र प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा आएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ । आगलागी करीब एक घण्टा भन्दा धेरै समयपछी नियन्त्रणमा आएको हो।

क्षतीको पुर्ण विवरण सँगै आगलागीको प्रमुख कारण खुल्न बाँकी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*