लुम्बिनी प्रदेशमा आईतबार सार्वजनिक विदा

नमुनापत्र संवाददाता
१९ माघ २०८०, शुक्रबार १०:०४

बुटवल । लुम्बिनी प्रदेश सरकारले आईतबार सार्वजनिक विदा दिने भएको छ ।

प्रदेश सभा स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा दिने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता सन्तोष पाण्डेले जानकारी दिए ।

प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सभाको तयारी छ ।

२०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*