बेँसीसहर–चामे सडक अवरुद्ध

नमुनापत्र संवाददाता
२३ श्रावण २०८१, बुधबार १०:१७

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । अविरल वर्षाले गएराति यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भीरमा र मस्र्याङ्दी गाउँपालिका–३ खुदीनजिक पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

उक्त कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले खरखरे भीरको पहिरो हटाए पनि खुदी नजिक खसेको पहिरो हटाउन बाँकी रहेको जानकारी दिए ।

६५ किलोमिटर लामो यो सडक अवरुद्ध हुँदा मनाङ र लमजुङका सर्वसाधारण प्रभावित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*