हेलिकप्टर दुर्घटना – संसद्को अन्तर्राष्ट्रिय समितिमा आज छलफल
काठमाडौं । बिहीबार नुवाकोटको शिवपुरीमा पाँच जनाको मृत्यु हुनेगरी भएको हेलिकप्ट दुर्घटनाको विषयमा छलफल गर्न आज संसदीय समितिको बैठक बस्दैछ।
केही बेरमा संघीय संसद् अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्न लागेको हो।
बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नगरिक गरी पाँच जनाको मृत्यु भएको थियो।





