काठमाडौं महानगरपालिका कार्यालय नजिकैको सडक भासियो, आवागमन प्रभावित

नमुनापत्र संवाददाता
२५ श्रावण २०८१, शुक्रबार ०९:२०

काठमार्डौ । काठमाडौं महानगरपालिकाको कार्यालय नजिकको सडक भासिएको छ ।

काठमाडौं प्लाजादेखि उत्तरतर्फको सडक बिहीबार रातीदेखि भासिएको हो । स्थानीयका अनुसार उक्त सडक टुकुचा छोपेर बनाइएको हो । यो सडकले दरबारमार्गलाई जोड्छ ।

प्रहरीका अनुसार सडक भासिदा बिहीबार रातिदेखि नै उक्त बाटो बन्द भएको छ । उक्त सडक केही समयअघि पनि भासिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*