दाङमा बस दुर्घटना हुँदा तीन जना घाइते

नमुनापत्र संवाददाता
२५ श्रावण २०८१, शुक्रबार १९:३२

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार दंगिशरण -५ का ६० वषीया प्रमी चौधरी, तुलसीपुर- १९ का रुचा कराला र तुलसीपुर- १४ का ३२ वर्षीया गिता बस्नेत रहेका छन् ।

घाइते सबैजनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घोराहीबाट तुलसीपुरतर्फ आँउदै गरेको रा १ ख ९१५ नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भइ तुलसीपुर १९ ग्वारखोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । आज शुक्रबार मध्यान्ह साढे १२ बजेतिर बस अतियन्त्रीत भई पल्टेको प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*