बौलाह खोलाले बगाउँदा एक बालकको मृत्यु
दाङ । पश्चिम दाङमा बौलाह खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका-२ बिष्णुपुर निवासी कोमल विष्टका अन्दाजी ११ बर्षीय छोरा अनिस विष्टलाई खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख अजयजंग थापाले जानकारी दिनुभयो ।
शनिवार दिउँसो साढे २ बजेतिर बौलाह खोलामा साथीहरूसंग नुहाउदै गरेको अवस्थामा एक्कासी खोला बढेर अनिषलाई बगाएको हो । साँझ ५ बजे तिर प्रहरीलाई खवर आएपछि घटनास्थलमा खोजी कार्य गर्दा शान्तिनगर-५ रगैजा सिचाईबाँधमा बालक मृत अवस्थामा फेला परेको प्रमुख थापाले बताउनुभयो ।





