जनार्दनको लिखित प्रस्तावमा प्रचण्डको प्रतिक्रिया- सबै मिलेर जान्छ, केही टेन्सन छैन

नमुनापत्र संवाददाता
२८ श्रावण २०८१, सोमबार १८:१९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व हस्तान्तरणबारे उपमहासचिव जनार्दन शर्माले स्थायी समिति बैठकमा पेस गरेको १४ पृष्ठको लिखित प्रस्तावमाथि प्रतिक्रिया दिँदै सबै विषयहरू हल भएर जाने बताएका छन्। स्थायी समितिको बैठकपछि पेरिसडाँडामा सोमबार अपराह्न पत्रकारहरूको प्रश्नमा जबाफ दिएका अध्यक्ष प्रचण्डले केही नहुने र सबै मिलेर जाने बताएका हुन्। नेतृत्व हस्तान्तरणबारे लिखित प्रस्ताव नै आयो, यसमा के छ धारणा भन्ने पत्रकारको प्रश्नमा जबाफ दिएका अध्यक्ष प्रचण्डले भने, ‘केही हुँदैन सबै मिलेर जान्छ। तपाईंहरूलाई हो टेन्सन, हामीलाई केही छैन।’

उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका थिए। अध्यक्ष प्रचण्डलाई उनले चाहेको व्यक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने वा तेस्रो तहका युवाहरूलाई कार्यकारी सांगठनिक नेतृत्व हस्तान्तरण गर्ने अथवा महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी मिति तोक्न सुझाव दिएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*