दाङ र रोल्पामा दुर्घटना, २७ जना घाइते

नमुनापत्र संवाददाता
२८ श्रावण २०८१, सोमबार ०९:०२

काठमाडौं । सोमबार दाङ र रोल्पामा भएका दुर्घटनामा परी २७ जना घाइते भएका छन्।

बुटवलबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको बस दुर्घटनामा परी २२ यात्रु घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको अवस्था मध्यम छ भने ९ जनाको अवस्था सामान्य छ। घाइते सबैको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार जारी छ। लु १ ख ८४१२ नम्बरको बस जिल्लाको घोराही उपमहानगरपालिका-१७ बेलभारमा दुर्घटना भएको थियो।

चालक तुलसीपुर उपमहानगरपालिका-१८ का २९ वर्षीय विवेक कार्कीले एकाएक ह्यान्डल लक भएकाले बस दुर्घटनामा परेको बयान दिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले बताए।

त्यस्तै रोल्पामा भएको अटो दुर्घटनामा पाँच यात्रु घाइते भएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका-५ चबिस्थित जुगारदेखि लिङ्डुङतर्फ जाँदै गरेको रा १ ह ५७६९ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा परेको थियो। घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि दाङ ल्याइएको छ।

अरू घाइतेको रोल्पाकै प्राथमिक स्वास्थ्य केन्द्र नेर्पा जुँगारमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

बस दुर्घटनामा परी घाइते भएकाहरू–

दाङ तुलसीपुर-५ की २१ वर्षीया जयन्ती रोका।
दाङ तुलसीपुर-१५ का वर्ष ५४ का डबल बहादुर।
दाङ लमही नगरपालिका-८ वर्ष २७ की सविना अधिकारी।
लमही-८ की वर्ष ३ की प्रिन्सा भट्टराई।
घोराही-१४ की वर्ष ३५ की मनमाया बुढा।
घोराही-२ बस्ने वर्ष ४६ की माया शाह।
घोराही-१३ बस्ने वर्ष २५ की सृजना भुजेल।
घोराही-१५ बस्ने वर्ष २५ का रिजवान सलमानी।
घोराही-१५ की वर्ष १५ की सन्जु दसौदी।
बसका सहचालक घोराही-११ बस्ने वर्ष २२ को संगम खड्का।
घोराही-१ बस्ने वर्ष २५ की मिरा कुँवर योगी।
घोराही-१ बस्ने मिराको वर्ष २ को सिनास कुँवर।
बंगलाचुली गाउँपालिका-७ बस्ने वर्ष २६ को मनोज थापा मगर।
जिल्ला लमजुङ राईनास ननगरपालिका-६ बस्ने वर्ष ४० की नेबिसा बुढाथोकी।
राइनास नगरपालिका-६ का वर्ष ४० का बाबुराम कार्की।
कपिलवस्तु, बुद्धभूमि नगरपालिका-९ बस्ने वर्ष ३१ की उशा अर्याल।
बुद्धभूमि-३ बस्ने वर्ष ६० का भोजराज पौडेल।
बुद्धभूमि-३ बस्ने वर्ष २४ की रिता खनाल।
बाँके, जानकी गाउँपालिका-३ बस्ने वर्ष ३१ का लक्ष्मी नारायण।
जानकी गाउँपालिका-३ बस्ने वर्ष ३१ का रामसाह काँदु।
गुल्मी, रेसुंगा नगरपालिका-३ बस्ने वर्ष ३० का शमशेर थापा।
रेसुंगा नगरपालिका-३ बस्ने वर्ष ५६ की भिमा कुमारी थापा।

अटो दुर्घटनाका घाइतेहरू–

त्रिवेणी गाउँपालिका-३ का अटोचालक वर्ष ५१ का निम बहादुर विक।
त्रिवेणी-३ लिङ्डुङका वर्ष ३९ की शान्ता घर्ती।
शान्ता घर्तीको छोरी वर्ष १६ की झरना घर्ती।
त्रिवेणी-३ गोलकट्टी वस्ने वर्ष १३ की रमिता वली।
त्रिवेणी-३ नेर्पा वस्ने वर्ष ४० की हिमाकुमारी बिक।
@ सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*