राम्री-कपुरकोट सडक तीन दिन अवरुद्ध हुने

नमुनापत्र संवाददाता
१० आश्विन २०८१, बिहीबार १९:३७

दाङ । राप्ती राजमार्गको दाङ -सल्यान सडकखण्ड अन्तर्गत पर्ने राम्री-कपुरकोट सडकखण्ड भोलिदेखि अवरुद्ध हुने भएको छ । सडक मर्मतका लागि तीन दिन सडक अवरुद्ध हुने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

ठुला सवारी साधन टिप्पर र ट्रकका लागि मात्रै सडक अवरुद्ध हुने भएको हो । अरु साना सवारी साधन भने निर्वाधरुपमा संचालन हुने प्रशासनले जनाएको छ ।

सडकमा पहिरो खसेको र कतिपय ठाउँमा सडक भासिएको समेत हुँदा मर्मतका लागि ठुला सवारी साधन टिप्पर र ट्रक बन्द गरिन लागेको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*