अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा

नमुनापत्र संवाददाता
१२ आश्विन २०८१, शनिबार २१:३१

दाङ । अविरल वर्षाका कारण सल्यान र दाङको सीमामा पर्ने राम्री नजिकै सडक भासिएपछि अवरुद्ध राप्ती राजमार्ग १४ घण्टापछि सञ्चालनमा आएको छ । जेसिभीको सहायतामा भित्ता काटेर काम चलाउ सडक निर्माण गरेपछि अवरुद्ध राप्ती राजमार्ग सञ्चालनमा आएको हो ।

सडक सञ्चालनमा आएसँगै बिहानैदेखि रोकिएका गाडीहरु अहिले चल्न थालेका छन् । भासिएको स्थानको माथिल्लो भागबाट सडक काटेर अहिले एकतर्फी गाडी सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अघिकारी प्रहरी निरिक्षक रेसमबहादुर खत्रीले बताउनुभयो ।

लगातार वर्षाको कारण सडक भासिदा गए राती १२ बजेदेखि राप्ती राजमार्ग अवरुद्ध भएको थियो । भासिएको स्थान नजिकै तथा आसपासका क्षेत्रमा अहिले पनि उच्च जोखिम भएकाले उच्च सतर्कता अपनाउँदै गाडी चलाउन खत्रीले गाडी व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

तत्काल भासिएको सडक छेउबाट पर्खाल उठाउन सक्ने सम्भावना कम देखिएकै कारण यात्रुहरुको सुविधाको लागि भित्ताबाट सडक काटेर यातायात सुचारु गरिएको सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी ईन्जिनियर उज्वल कुमार झाले बताउनुभयो । दुई तर्फी रुपमा गाडी सुचारु गर्नका लागि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*