दाङमा जबरजस्ती करणीको आरोपमा चार जना पक्राउ

नमुनापत्र संवाददाता
१८ आश्विन २०८१, शुक्रबार १९:५०

दाङ । दाङमा जबरजस्ती करणी गरेको आरोपमा चार जना पक्राउ पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाँउपालिका ५ चैनपुरका १९ वर्षका किरण चौधरी, सोही ठाउँका २४ वषीय सन्जित चौधरी, १९ वर्षका धिरज चौधरी र २१ वर्षका सन्दिप चौधरी रहेका छन् ।

दाङको गढवा गाँउपालिका-५ मंघरस्थित होम पाईप बनाउने कम्पनीको खाली घरमा १९ वर्षीय महिलालाई विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गर्ने चार जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी इश्वर थापाले जानकारी दिनुभयो ।

किशोरीलाई फोन गरेर बोलाउने किरण चौधरीसहित अन्य व्यक्तिहरूले सामुहिक रूपमा जबरजस्ती करणी गरेको पिडितको जाहेरीको आधारमा हिजो बिहिबार चार जनालाई पक्राउ गरेको प्रवक्ता डिएसपी थापाले बताउनुभयो ।

आरोपित चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*