लकडाउन वैशाख २५ सम्म लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं । सरकारले जारी लकडाउनलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आईतवार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यस अघि सरकारले तोकेको लकडाउनको अवधि १५ वैशाख सम्म थियो ।
शनिवार बसेको उच्च स्तरीय समितीले लकडाउनले गर्दा कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो ।
हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन्।





