बुटवल । नेपालमा थप दुई जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यस संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ जना पुगेका छन । जस मध्य १६ जना निको भई घर फर्किसकेका छन्।