पछिल्लो २४ घण्टामा संक्रमण भेटिएन: देशभर २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा

नमुनापत्र संवाददाता
२० बैशाख २०७७, शनिबार २१:३७

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड—१९) को नयाँ संक्रमण देखिएको छैन्। पछिल्लो २४ घण्टामा परीक्षण भएका १२ सय ५२ वटा नमुनाहरुमा कोरोना नेगेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताएका छन्। अहिलेसम्म नेपालमा ५९ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ। यसमा ४९ पुरुष र १० जना महिला रहेका छन्। संक्रमित मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन्। अहिले विराटनगरमा ३१ र वीरगञ्जमा ८ जना उपचाररत रहेका छन्। यसैगरी रुपन्देही, नेपालगञ्ज, भरतपुर र धनगढीमा १—१ जना उपचाररत रहेको प्रवक्ता देवकोटाले बताए।

अहिलेसम्म पिसिआर विधिबाट १३ हजार ९८ वटा परीक्षण भएका छन्। यसैगरी आरडिटी विधिबाट ४८ हजार ५ सय २९ वटा परीक्षण भएका छन्।

प्रदेश १ मा ५ हजार २ सय ८२, प्रदेश नम्बर २ मा ५ हजार ६ सय ८७, बागमती प्रदेशमा ५ हजार ५ सय १५ वटा आरडटी परीक्षण भएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा ५ हजार ४ सय ११, प्रदेश नम्बर ५ मा ४ हजार २ सय ४०, कर्णाली प्रदेशमा ५ हजार ५ सय ७१ र सुदूरपश्चिममा १३ हजार ८ सय २३ वटा आरडिटी परीक्षण भएका छन्।

देशभरी २२ हजार ९ सय ७८ जना क्वारेन्टाइनमा रहेका छन्। प्रदेश नम्बर १ मा २ हजार ८ सय ६५, प्रदेश नम्बर २ मा १ हजार ३ सय ९१ र बागमती प्रदेशमा ५ सय ११ जना क्वारेन्टाइनमा रहेका छन्। यसैगरी गण्डकी प्रदेशमा ६ सय ३२, प्रदेश नम्बर ५ मा ११ हजार ३ सय ४, कर्णाली प्रदेशमा ३ हजार २ सय ७५ र सुदूरपश्चि प्रदेशमा ३ हजार जना क्वारेन्टाइनमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*