थप एक जनामा कोरोना संक्रमण
तुलसीपुर । नेपालगञ्जमा शुक्रबार थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
याे सहित मुलुकमा संक्रमितको संख्या १०२ पुगेको छ। जसमा पुरुषकाे संख्या ७४ र महिलाको संख्या २८ रहेको मन्त्रालयले जनाएकाे छ।





