नेपालमा थप ७ जना कोरोना संक्रमित

नमुनापत्र संवाददाता
२७ बैशाख २०७७, शनिबार ०८:१४

तुलसीपुर । नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तुमा ३ , उदयपुरको भुल्केमा ३ र पर्साको छपकैयामा एक जना नयाँ संक्रमित देखा परेका हुन् ।

उदपयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षका महिलाहरु, कपिलवस्तुमा १७ र १८ वर्षका पुरुषहरु तथा पर्साको छपकैयामा ६२ वर्षका पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*