थप १० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १ सय २० पुग्यो
तुलसीपुर। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सोमबार बिहान जारी गरेको विज्ञप्ति अनुसार नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ।
संक्रमित हुनेमा १८,१९,२४, ३०, ३१ वर्षका एक-एक पुरुष र २० वर्षका दुई तथा ३४ वर्षका दुई पुरुष रहेका छन्। एक जनाको भने उमेर खुलेको छैन्।
मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारी अनुसार संक्रमित सबै कपिलवस्तुका यशोधरा गाँउपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र १० बाट रहेको जनाइएको छ।
हालसम्म कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ।





