थप एक जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित २४६ पुगे

नमुनापत्र संवाददाता
१ जेष्ठ २०७७, बिहीबार १३:३३

तुलसीपुर। नेपालमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चितवनको भरतपुरमा गरिएको परीक्षणमा नवलपरासी देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या २४६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*