दाङमा दुई जनामा कोरोना संक्रमण
तुलसीपुर। दाङमा पहिलो पटक दुई जनामा कोरोना संक्रमण देखिएको छ।
गढवा गाउँपालिकाका २३ वर्षीय र ३६ वर्षीय युवामा कोरोना संक्रमण भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति डा संगीता भण्डारीले जानकारी गराइन् ।संक्रमीतहरु केही दिन पहिले भारतबाट आएका हुन्।
यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २६० पुगेकाे छ। हालसम्म ३६ जना संक्रमितहरू निको भएका छन्।





