दाङमा भेटिए कोरोना संक्रमित
तुलसीपुर । दाङको गढवा गाऊँँपालिका ४ र ५ तथा तुलसीपुर उपमहानगरपालिका – ७ निवासी ब्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार २३, ३६ र ३४ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो
स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार हालसम्म देशभर २६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।





