थपिए ९ जना कोरोना संक्रमित, संक्रमितको संख्या २६७

नमुनापत्र संवाददाता
२ जेष्ठ २०७७, शुक्रबार २१:३४

तुलसीपुर। नेपालमा फेरि ९ जना कोरोना संक्रमित थपिएका छन् । पर्सा, उदयपुर, काठमाडौं र दाङ गरी ९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बाँकेस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सहित नेपालमा कोरोना संक्रमितको संख्या २६७ पुगेकाे छ। हालसम्म ३६ जना संक्रमितहरू निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*