कपिलबस्तुका थप ३ जनामा कोरोना पुुष्टी , मुलुुकभर संक्रमित २७६ पुुग्यो
तुलसीपुर । कपिलबस्तुका थप ३ जनामा कोरोना पुुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार कपिलवस्तुका थप ३ जनामा कोरोना पुष्टी भएको बताईएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंखया मन्त्रालयले जनाएको छ ।
संक्रमित हुनेहरुमा शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४, ४४ वर्षका पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या २७६ पुगेको छ ।





