धनकुटा जिल्ला अस्पतालकी नर्समा कोरोना संक्रमण , नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुग्यो
तुलसीपुर । आइतबार थप तीन जना कोरोना संक्रमित थपिएको पुुुुुष्टी भएको छ। जसमा एकजना धनकुटा जिल्ला अस्पतालकी नर्स र बाँकी दुईजना विराटनगर महानगरपालिका वडा नम्बर ६ र १६ का पुरुषहरू हुन्।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा उनीहरूमा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ।संक्रमितमध्ये ३६ जना निको भएका छन् र हालसम्म २ जनाको मृत्यु भएको छ।





