लकडाउन जेठ २० गतेसम्म थप्ने निर्णय
तुलसीपुर।आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन जेठ २० गतेसम्म थप्ने निर्णय गरेको छ।
पछिल्लो पटक प्रधानमन्त्री कार्यालयमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले जेठ २० गतेसम्म लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनले गर्दा संक्रमण नियन्त्रणमा सहयोग पुगेको निश्कर्ष निकाल्दै दुई साता लकडाउनको अवधि थप्ने निर्णय गरनुका साथै लकडाउनलाई कडाई गर्ने निर्णय र आपूर्ति व्यवस्थालाई सहज बनाउने निर्णय गरेको छ।





