नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुग्यो

नमुनापत्र संवाददाता
८ जेष्ठ २०७७, बिहीबार ११:४०

तुलसीपुर । रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित  बिरामीको बिहीबार विहान मृत्यु भएको छ ।

मृत्यु हुने बिरामी गुल्मीको मदाने गाउँपालिका -६ का ४१ वर्षका पुरुष हुन् । उनी शिक्षण पेशामा रहेका थिए ।

यो सँगै नेपालमा कोरोना संक्रमित भएर मृत्यु हुनेको संख्या ३ पुगेको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमतिको संख्या  ४४४ पुगेको छ । जसमा ४५ जना निको भएर घर फर्किएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*