उपराष्ट्रपतिमा जसपाबाट रामसहाय यादवको उम्मेदवारी

नमुनापत्र संवाददाता
२७ फाल्गुन २०७९, शनिबार १३:४०

काठमाडौँ। जनता समाजवादी पार्टी(जसपा) का संसदीय दलको नेता रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनका तर्फबाट शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा रहेको राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय पुगेर उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गरेका छन।
रामसहायसँगै जसपाबाट प्रमिला यादव र जनमत पार्टीबाट ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवार दिने तयारी रहेको छ ।
एमालेबाट उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यले पनि उपराष्ट्रपतिमा उम्मेदवार दिएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*