देवदह र रामग्राममा बुुद्धजयन्ती कार्यक्रमको तयारी तिव्र

नमुनापत्र संवाददाता
१८ बैशाख २०८०, सोमबार ०९:३८

लुम्बिनी । २५६७ औं बुद्धजयन्तीको अवसरमा बौद्धस्थलहरुमा पनि तयारी तिव्र पारिएको छ । बुुद्धको अस्तुुधातु रहेको रामग्राममा ‘अस्तुुधातुुयात्रा’ हुने भएको छ । त्यसैगरि बुद्धको मावली देवदहमा बुुद्धजयन्तीको अवसरमा देवदहसुुत्तबारे प्रवचन र बुद्धजयन्ती समारोह गरिने भएको छ ।

आईतबार लुम्बिनी विकास कोषले रामग्राम र देवदह नगरपालिकासँग गरेको बुद्धजयन्तीलाई बिशेष उत्सवका रुपमा मनाउने निर्णय गरेका हुन । कोषका कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण) को संयोजकत्वमा गठित रामग्राम देवदह समन्वय उपसमितिले आईतबार छुटाछुट्टै छलफल गरि बुद्धजन्मस्थल लुम्बिनीसँगै रामग्राम र देवदहका स्थानीय सरकारले समेत चासो राख्दै बुद्धजयन्तीलाई भव्य बनाउने तयारी गरेका हुुन् । बुद्धजयन्तीका दिन रामग्रामममा अस्तुुधातुुयात्रा निकालिने तयारी गरिएको नगरप्रमुुख धनपत यादवले जानकारी दिए ।

यस्तै लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईको उपस्थितीमा देवदह नगरपालिकामा बसेको सारोकारवालाहरुको बैठकले बुद्धजयन्तीलाई बिशेष रुपमा मनाउने निर्णय गरिएको छ । देवदह मातृशक्तिको स्थान समेत देवदहसुुत्त, मातृशक्ति प्रवचन र बुुद्धजयन्ती समारोह गरि मनाउने तयारी गरिएको नगर प्रमुख धुुव्र प्रसाद खरेलले जानकारी दिए । उनका अनुसार मंगलबार कोष र नगरपालिकाको आयोजनामा देवदहसुुत्त प्रवचन र बुद्धजयन्ती समारोह गरिनेछ । बैशाख २१ गते साँझ नगरपालिका, वडा कार्यालय सहित कन्यामाई, बैरीमाई, भवानीपुर सहित स्थानीयहरुलाई समेत घरघरमा दीपप्रज्ववलनका लागि आह्वान गर्ने गरि कार्यक्रम तय गरिएको उनले बताए । देवदहका बौद्धकालिन स्थल र पर्यटकीय स्थलहरुको समेत बुद्धजयन्तीको अवसरमा सरसफाई गरिने भएको छ ।

देवदह र रामग्राम सहित तिलौराकोटमा समेत यो बर्ष बुद्धजयन्तीलाई बिशेष उत्सवका रुपमा मनाउने गरि तयारी भइरहेको कोषका कोषाध्यक्ष भट्टराईले बताए । देवदहमा यशोधरा दिवसका रुपमा मनाउनुपर्ने आवाज उठेको उनले बताए । कपिलबस्तुु तिलौराकोटमा मायादेवी रथयात्रा निकाल्ने तयारी भएको छ । देवदहमा भएको छलफलमा उपप्रमुुख विद्यालक्ष्मी गुुरुङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा लगायतको उपस्थिती थियो । लुम्बिनीमा बैशाख २२ गते बुद्धजयन्तीलाई भव्य बनाउनका लागि तयारी तिव्र पारिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*