सरकार र महावीर पुनबीच सात बुँदे सहमति, आन्दोलन स्थगित

नमुनापत्र संवाददाता
१८ बैशाख २०८०, सोमबार १८:२४

काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुन बीच सातबुँदे सहमति भएको छ । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका महावीर पुनसँग सरकारले आविष्कार सम्बन्धी कार्य गर्न कोष बनाउने र उक्त कोषबाट अनुसन्धान, विकास, नवप्रवर्तन तथा आविष्कार सम्बन्धी कार्यहरूमा लगानी गर्ने लगायतका सात बुँदे सहमति गरेको हो ।

सोमबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र आविष्कार केन्द्रका अध्यक्ष पुनले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्ष देखि संघीय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास, नवप्रवर्तन र आविष्कार कोषमा जम्मा गर्ने पनि सहमति भएको छ ।

सरकारसँग भएको सहमतिसँगै आविष्कार केन्द्रका अध्यक्ष पुनले शुक्रबारदेखि माइतीघर मण्डलामा थालेको आन्दोलनका कार्यक्रम पनि स्थगित भएको छ ।

यस्तो छ सहमति :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*